Total Pageviews

Monday, August 12, 2013

बासना,हारेको प्रेम र सन्तान

आफ्नो काम नै कहिले पुर्व कहिले पश्चिम पुग्ने हुन्थ्यो | जति धेरै ठाउ त्यति धेरै मान्छे| चालचलन, रहनसहन अनि खानपिन सबै फरक अनि नया | पोखरा मैले सबै भन्दा बढी जाने ठाउँ | हुनत पोखरामा गुरुङहरु बढी हुन्छन तर म पोखरा जादा गएर बस्ने होटलको मालिक चैं नेवार हुन् | लेकसाइड भन्दा अलि भित्र शान्त ठाउँ थियो त्यो | अरु होटलको जस्तो थिएन घर नै जस्तो| खाने भने पछी पकाई दिने हुदा बासि खान नपर्ने ,फेरी यो तरकारी खाम्न भनेपछि भोलिपल्ट त्यो खान पाइने | खासमा पोखराको त्यो घर उनिहरुको पुर्खौली थलो हो रे त्यहा ब्यापार फस्टाए पछी आफ्नै घरमा तल होटल थापे अनि आफुहरु माथिल्लो तलामा बसेका थिए |हरेक महिना जस्तो पोखरा जाने हुदा म परिवारको सदस्य जस्तो थिए त्यहा |
दाई जागिरे थिए लुम्लेमा | शुक्रबार आउथे अनि आइतबार बिहानै जान्थे | भाउजुले होटल चलाएकी थिइन् | गफ गर्न जान्ने थिइन् साहुनी | अनुहारले त्यति राम्री हैनन् तर व्यवहारले नजिक बनाउने| आएकाहरुलाई घरमै जस्तो व्यवहार गर्ने फेरी गैरहने भएर उनि मलाइ देवर नै जस्तो गरेर बाबु भनेर बोलाउथिन् | कहिले काही घर छोडेर बस्नु पर्दा घरको सम्झना आउथ्यो अनुहारबाटै थाहा पाउथिन अनि सोदथिन केभो बाबु आज फेरी घरको सम्झना आयो? मायाले सम्झाउथिन् | अनि भन्थिन मेरो पनि हेर्नु न बुडा हप्तामा एकचोटी आउनुहुन्छ अरु बेला त म एकलाई त हुन्छु |पुर्खौली जग्गामा बनाएको त्यो होटल राम्रो थियो फराकिलो | भाउजुको आफ्नै नियम थियो | पैसा तिर्छु भन्दैमा जति मन लाग्यो त्यति रक्शी खान पाइन्न थियो | दस बजे पछी भात खाना पाइन्न थियो १० बजेपछी खाने भए लेक साइड जाउ भन्थिन | काम गर्नेहरु छदै थिए केवल व्यवस्थापन गर्नु पर्ने थियो जुन उनले रार्मो संग गरेकी थिन | पोखरा पर्यटक भएर जादा एक दुइ दिन का लागि लेक साइड ठिक हुन्थ्यो होला तर महिनै पिछे हप्तौदीन त्यो हल्ला खल्ला मन नपर्ने हुदा मेरा लागि त्यो उपयुक्त ठाउँ थियो | शुरुशुरुमा म आफ्नो काम सकेर होटल आउंथे अनि आफ्नो कोठामा बसेर टिवी हेरिरहन्थे वा अरु आफ्नो काम गर्थे पछी पछी तल बसेर गफ गर्ने टिवी हेर्ने हुन लागे | |१० बजे अगाडी भात खाई सक्नु पर्ने भएकोले पोखरा घुम्न आउने प्राय पर्यटकहरु यात त आफनी समुहमा हुन्थे अनि खाई ओरि आफ्नो कोठमा लाग्थे या रातको रमाइलो हेर्न लेकसाइड जान्थे | त्यसले त्यहा ९:३० देखि दशको बिचमा होटल सामसुम भैसकेको हुन्थ्यो |म जस्तो मान्छे एकदमै कम हुन्थ्यो | दुइ चार चोटी त म पनि गएको थिए तर पछी पछी मलाई दिक्क लाग्न थाल्यो | एक्लै जाने मेरो जागर नै चल्दैन थियो |म एक्लै टिवी हेरेर लिविंग रुममा बसिरहन्थे | कोठामा बसेर टिवी हेर्नु भन्दा तल हलमा हेर्दा मान्छेको आवत जावातले मलाई केहि भए पनि राहत हुन्थ्यो |बोलिरहनु पर्ने भाउजु म संगै कैले टिवी हेर्थिन कहिले त्यहिबाट काम गर्ने लाई काम अराउथिन | हल्ला गर्थिन मलाइ एक्लो महशुश हुन्न थियो| पछी पछी घर परिवारको कुरा हुन्थ्यो मलाइ अब विह कहिले गर्ने भन्थिन म पनि केटि पाएपछि भन्थे | पैसा कमाउन लागे पछी बिहा गरिहाल्नुपर्छ है, हैन भने लोग्ने मान्छे बिग्रिन्छ भन्थिन |परिवार भएपछी जिन्दागी अर्कै हुन्छ अनि कहिले आफै भन्थिन खै आफु बिहा गरेर बच्चा भएर पनि एक्लै छु | उनले आफ्नो छोरा छोरी लाइ होटलको माहोल बाट टाडा राख्न होस्टलमा राखेकी थिन | बुडा हप्ताको एकचोटी आउंथे अनि बच्चा महिनाको एकचोटी|
(1)
अधादीन उनलाई सघाउन उनकी बहिनि आउथिन | उनि साँझको कलेजबाट आफ्नै घर जान्थिन, भाउजुको माइती | हामि अलि नजिक भएपछी भाउजुले मलाइ बहिनीको बिहा गर्नु पर्ने भनेजस्तो केटा पाइएको छैन भनिन अनि जिस्केर कि तपाइँ गर्ने भनिन उनको जिस्किने बानि मैले पनि भाउजुले भने पछी हुन्छ नि भन्थे | उनि थपथिन मेरी बहिनि पाउने भाग्यमानी हुन्छ राम्री पनि छ रुप ले पनि व्यवहारले पनि | २२-२३ को उमेर पोखराको फ्यासनले छोएकी गहुगोरी तर राम्री | भाउजुले भनेपछि अलि बढी याद गर्न थाले | | मिलाएर लाउन जानेकाले होला जे पनि सुहाएको जस्तो |
म त्यो बेला राम्रै संग नजिक भैसकेको थिए भाउजुले 'बाबु बहिनीको कलेज जान ढिला भयो रे मेरो बहिनीलाई कलेज पुर्याइदिनु न " भन्दै आफ्नो घरमा भएको मोटर साइकलको साँचो दिइन | मैले अफ्ट्यारो माने जस्तो गर्दै थिए उनले थपिन न डराउनु यति गर्दैमा मेरो बैनी बिहा गर्नु पर्दैन अनि हासिन | खासमा कुनै सामान चाहियो भने उनले पहिले पनि मोटर साइकल चलाउन भन्नथिन मैले भाउजुलाई पहिले पनि किनमेलका लागि बजार ल्याउने लैजाने गरेको थिए उनकी बहिनि पनि अफ्ट्यारो मान्दैथिन तर उनि बसिन् भाउजुले बहिनीको बिहाको कुरा गरेपछि देखि मैले उनलाई अलि बढी नै हेर्न थालेको थिए आज उनलाई कलेज पुर्याउन पाउदा खुसि नै थिए | पाइन्ट टिसर्ट लगाकी आरति मेरो पछाडीथि | लेकसाइड मा कुनै सडक महोत्सव चलिरहेको थियो सार्वजनिक सवारी चलेको थिएन शायद त्यसैले उसले पुर्याइदिन भनेकी थि | बाटो भरि गफ गर्दै गयौ , हामि पहिले भन्दा बढी खुल्यौ |
(2)

हामि कलेज पुगेउ मैले मोटर साइकल रोके उ ओर्ली मैले तिमि संग छुट्टिने मन छैन भने उ गफाडी भन्दै भित्र गइ |राति उसको सहयोग को लागि धन्यवाद भन्दै एम एम एस आयो |उसको एस एम एस ले मलाइ अझ खुलेर कुरा गर्न प्रोत्साहित गर्यो |खासमा उ होटलमा हुदा पनि हाम्रो राम्रै गफ्फ हुन्थ्यो | जिस्किन त हामि पहिले पनि जिस्किरहन्थेउ |एस एम एस कै क्रममा म उसलाई जिस्काई रहन्थे उ रिसाउथी म उसलाई झन् रिस उठाउथे एकछिन मलाइ रिप्लाई गरिन मैले रिसाको भने उ बाट रिप्लाई आएन . भोलिपल्ट ब्रेकफास्ट खान ओर्लिदा उ काउन्टरमा थि मैले सरी भने उसले बोलिन | म अफिस गए तर उसलाई एस एम एस गरिने रहे अनि म रिसाएर के फरक पर्छ र म को हु र तिम्रो?भनि मैले पनि तिमि मेर प्राण हो आइ लव उ भने उसले नौटंकी भनि | आज पनि महोत्सव थियो मैले पुर्याइदिनु पर्ने | २४ घन्टाको ५०० भन्दा बढीको एस एम एस आदान प्रदान ले हामी नजिक भैसकेका थिएउ मैले कलेज पुगेपछि आज कलेज नजादा हुन्न तिमि संग गफ गर्न मन छ भने उ नाइँ भन्दै थि मैले मोटर साइकलमा बस भने उ बसी | मैले उसलाई बाग्लुंग जाने बाटो तिर लगे अनि एकठाउमा बसेर धेरै बेर गफ गरेउ|| त्यहाँबाट फर्केपछि मैले आरातिलाई फोन गरे उसको पहिलो प्रश्न थियो मलाई धोका त दिदैनौ? त्यसपछि हाम्रो दैनिकी जस्तो बन्यो | |म पोखरा छोड्थे हाम्रो एस एम एस चल्थ्यो पोखरा पुगेपछि हाम्रो भेट दैनिक हुन्थ्यो मलाइ पोखराको बसाइ राम्रो र रमाइलो लाग्दै थियो |
(3)

हामि सधै जस्तो आलिंगनमा थिएउ | उ मेरो छातीमा टाउको राखेर बसेकी थि | कसैको फोन आयो आरातिले मोबाइल नम्बेर हेरी अनि दिदीको रैछ ह्यान्ड्स फ्री गरि र मलाई दिदै भनि म पनि सुन्छु नि दिदीले किन फोन गरेको रैछ मैले भाउजु के छ भन्न नपाइ उताबाट भाउजुले भन्नु भो के हो बाबु अस्ति अस्ति दाइ नहुदा भाउजुको खुब माया लाग्थ्यो भाउजु बिना निन्द्रा लाग्दैनथ्यियो आजभोली त एउतै घरमा भएरपनि भेट हुन गाह्रो के हो बाबु ? देवरानी पाएपछि त भाउजुको माया लाग्न छोडेछ कि मेरो बहिनि भिडाउन लागे भनेर हो |भोलि काठमाडौँ जाने भनेको हैन भेट्दै नभेटि जाने विचार हो कि कसो ? मैले त्यसो हैन म केहि ब्यस्त भएकोले हो आज भाउजुसंग खान खान्छु भने र फोन राखे | आरातिले के दिदीले मेरो विवाहको कुरा चलाउनु भाको थियो हो ? भनि मैले हो भने| उसले त्यसो भए त सजिलो भयो घरमा कुरा गर्न लौ भनि हाल बिहाको कुरा दिदीलाई आजै भनि मैले हुन्छ भने |हामि त्यहा बाट चाडो निस्किएउ |उ उत्साहित थि | उसले एकोहोरो मलाई भन्दै थि जसरि पनि कुरा गर है दिदि संग आज |
म असिमित माया गर्छु आरतिलाई | लाग्छ उ बिना म बाच्न सक्दिन | उसको बोलि संगै मेरो दिन शूरु हुन्छ अनि उसको शुभरात्री को आवाज ले मेरो दिन टुंगिन्छ |हामीले यतिका दिन एकान्तमा भेटेर पनि चुम्बन भन्दा बढी केहि गरेनौ | कहिले त्यो भन्दा बढीको आवश्यकता महशुश पनि भएन | म सोच्दै गए के प्रेम भनेको यहि हो ? के साचो प्रेममा बासना को स्थान गौण हुदो रैछ त?
(4)

म अपराधबोध गर्दै थिए |मलाई आज पहिलो पटक यति धेरै पश्चाताप भएको थियो | पहिलो पटक लाग्यो आज बासना मेरो प्रेमको दुश्मन बन्दैछ | मेरो मष्तिस्कमा एक एक गर्दै पुराना घटनाहरु ताजा हुदै गए | कुनै बयष्क चलचित्रको दृश्यहरु घुमे जस्तै गरि | त्यो दिन नेवारहरुको चाड थियो,भाउजुले मलाइ पकवान खुवाउनु भो | रक्सि दिदा भाउजुलाई म एक्लै खान्न भने भाउजुले ल चियर्स गर्न म साथ् दिहाल्छु भन्नु भो |नेवारहरुको रक्सि चिउरा अण्डा खादै गफा गर्दै बस्यौ |सधै जस्तो घर परिवार को कुरा भयो भाउजुलाई पनि अलि अलि रक्सि लागिसकेको थियो उहाले आफ्नो दुख सुख भन्न थाल्नु भो | कुरामा कुरा चल्दै गयो उहाले हास्दै खै मेरो बुडो त म संग खुसि छ जस्तो लाग्दैन के म त्यस्ती बुढी भैसके ? मैले के भन्नु भाको भाउजु दुइटा बच्चाको आमा रे यस्तो भर्भराउदो हुनुहुन्छ तपाइलाई कसले हेर्दैन भने -खै हप्तामा एकचोटी आउछन मतलबै गर्दैनन् | मैले तपाईलाइ त्यस्तो लागेको होला भने अनि उनले थपिन खै उसको शरीर चै शरीर मेरो शरीर चै शरीर हैन | शुक्रबार आउछ रक्सि खान्छ आफु न अघाउन्जेल खेल्छ अनि सुत्छ | भाउजु अलि जंगिए जस्तो गरीर भनिन, लुम्लेमा अर्की राखेको छ रे सुन्छु | म के भनु सोच्न थाले |म त्यस्ती नराम्री देखिन्छु भन्दै भाउजु उठिन | उनको लुगालाइ मैले बल्ल याद गरे कामुक नाइट सुटमा आफु कस्ती देखिन्छु भनेर सोद्दै थिन | |
(5)


बास्तवमा आज उनि राम्री त हैन तर कामुक अवश्य देखिएकी थिन | उनको रिस मार्न मैले बस्नु न भाउजु किन उठेको भनेर उनको हात ताने | रक्सि लागेको उनको शरीर ढल्मलिदै म माथि लड्यो उनि मेरो काखमा आइपुगिन उनको र मेरो अनुहार आमने सामने थियो | रक्सीको अर्धचेतन अवस्थामा हामीले एक अर्काको सबै आग्रहलाई स्वीकार गर्दै गयौ |त्यसपछिका दिनहरुमा सुर्यको किरण संगै म आफुलाई अपराधि ठान्दै ग्लानि महसुस गर्थे | अनि सुर्यास्त संगै भाउजुको प्रतिक्षामा हुन्थे |भाउजुको फोनको सिधा अर्थ निकाल्ने सोझी आरतीको अगिल्तिर म स्वयम् लाइ निर्लज्ज,प्रेमको नाटक गर्ने ढोंगी पाउथे | हो पहिलो पटक भाउजु संगको त्यो घटना दुर्घटना थियो तर मैले त्यसलाई निरन्तरता दिनु हुन्नथ्यो | म सोच्दै गए आखिर बासनाको अगाडी प्रेम पराजित भयो | म एकातिर अनि मेरो शरीर अर्को तिर | आरतीको घर आयो, रसाएका आँखालाई कालोचस्माले छोप्दै मैले उनि संग अन्तिम अँगालो हाले मनमनै मलाइ माफ गर मेरी प्रियतमा भन्दै म होटल फर्किए |भाउजुलाई जरुरि कामले गर्दा आजै जानु पर्ने भने अब कैले आउनु हुन्छ भाउजुले सोधिन मैले मेरो पोखरा आउने काम सकिएछ अब आउनु पर्दैन भने | भोलि पल्टको प्लेन नकुरी म रात्रि बसमा काठमान्डू फर्किए | भाउजुको फोन आएको मलाइ सम्झना छैन तर धेरै दिन सम्म आरतिको फोन आइरह्यो|
(6)


आरति संग को प्रेम र भाउजु संगको बासनाको सम्बन्धलाई मैले सजिलै बिर्सिन सकिरहेको थिइन | आखिर एउटा अविवाहित युवक थिए म |पाएको प्रेम खोसिएकोम दुखि थिए अनि भाउजुसंगको सम्बन्धले बेला बेलामा पुरुशत्वलाई चुनौती दिरहन्थ्यो |
काठमाडौँ फर्केको केहि दिनमा नै मैले विदेशमा कामको अवसर पाए | महिना दिन भित्रमा नै मैले नेपाल छोडे | विदेश पुगेपछिको मेरो बसाइ सुख र सुख दुवै साथ् साथै जादै थियो | विदेशको एक्लो बसाइ मेरो लागि सहज थिएन त्यसै बेला मेरो घर बाट उन्नतिको कुरा आयो | उनि र म एकै शहरमा बस्थ्यौ दुवैको पारिवारिक चिनजान | हामीले बिदेशमै बिवाह गर्ने निर्णय गर्यौ | थोरै नेपालीका बीच राम्रो संग हाम्रो बिवाह भयो | जिन्दगि चल्दै थियो उन्नति र म चढेको कारको दुर्घटना भयो हामि घाइते भयौ र म बाउ बन्न नसक्ने भए | जीवनमा एउटा आंधी आए जस्तो भयो ,शुन्यमा बिलाएजस्तो लाग्यो |हरदिन हर रात निसन्तान बन्नुको पिडा महशुस हुन्थ्यो | दिनहरु बित्त्दै गए उन्नतिले पनि बच्चाको रिक्तता महशुस गर्दैथि | संगैका साथि भाइ प्राय सबैका सन्तान हुन लागे |
(7)

एकदिन उन्नतिले भनि हामि बच्चा एडप्ट गरुम | मैले आफ्नो पुरुष भएकोप्रति धिक्कार गरे | खै कस्तो पुरुष जसले पुरुषको भूमिका निभाउन सक्दैन ? आखिर मैले जीवनमा त्यस्तो के भुल गरे ? कुन पापको परिणाम आज म भोग्दैछु ? मेरा मनमा यस्तै यस्तै कुरा खेल्दै थिए | मैले त्यो दिन केहि बोलिन | त्यसपछिका हरेक दिन जस्तो उ त्यहि कुरा निकाल्थी | इश्वरले मलाई पुरुष त बनायो त पिता हुन बाट रोक्यो | मलाई उन्नतिको बच्चा एडप्ट गर्ने कुरा मन परेको थिएन | उ भन्थी नेपाल जाने एउटा नेपाली बच्चा ल्याउने हामि बिदेशमा बस्छौ के भो र? बरु कसैलाई थाहा न दिउला |
हामि दशैँ पारेर नेपाल गयौ उन्नतिको जिद्दीको अगाडी केहि जोर चलेन | हामि अनाथालय गयौ | धेरै बच्चाहरु खेलिरहेका दौडिरहेका थिए | धेरै वर्षपछी मैले यति धेरै बच्चाको बिचमा आफुलाई पाएको थिए | एकदिन दिनभर त्यहि बितायौ | भोलिपल्ट उन्नतिले फेरी जाने भनि हामि फेरी त्यहि अनाथालय गयौ | उन्नतिलाई एउटा बच्चा हिजो देखि मन परेको रहेछ उसले त्यो बच्चालाइ बोकी | हरेक दिन जसो मान्छे हरु आउने जाने भएकाले होला त्यो बच्चा डराएन बरु मुसुक्क हास्यो| उसको मुस्कानले मलाई पनि तान्यो मैले पनि उसलाई बोके | बच्चा बास्तवमै अत्यन्त सुन्दर र हसिलो थियो | यस्तो राम्रो बच्चाको भविष्य यस्तो? मनमनै सोचे |उन्नतिले त्यहि बच्चा मन पराइ|यसलाई हामि सम्पूर्ण कुराले खुसि राख्छौ ,हाम्रो त्यो प्रण थियो | हामीले एडप्ट गर्दाका सम्पूर्ण प्रक्रिया पुरा गरेउ |सामान्यतया अनाथ आश्रमबाट लगिने बच्चाका आमा बाबु को बारेमा थाहा हुन्न या त त्यसलाई खुलाइन्न | उन्नतिले त्यो बच्चा कसरि त्यहा आइपुग्यो सोधिन् | संचालकले आमा बच्चा जन्माउदा मरेकी र बाउले आफ्नो भनेर स्वीकार नगरेको विवरण दिए |
हामीले त्यो बच्चा लियौ र घर फर्कियौ | विदेश लैजान चाहिने सम्पूर्ण कागज पत्र बनायौ | सरकारी काम कहिले कता पुग्नु पर्ने कहिले कता | जे होस् हाम्रो जाने दिन नजिकिदै थियो | हामि हाम्रो नया बच्चाको गृहप्रवेश्ले सार्है खुसि थियौ | एकदिन अचानक घरमा फोन आयो मैले फोन उठाएको थिए | उताबाट मलाई खोजेको भनियो | आवाज चिनेको जस्तो पहिले सुनेको जस्तो एकदमै नजिकको मान्छेको जस्तो थियो | त्यतिकैमा फोन काटियो फेरी त्यो दिन फोन आएन | रातभर त्यो आवाज सुन्ने प्रयत्न गरे ठम्याउनै सकिन |
(8)


भोलिपल्ट फेरी त्यहि आवाजमा मलाइ फोन आयो आज मैले त्यो स्वर चिने मेरो मुख बाट अनायाशै निस्कियो |"के छ आरति , सन्चै छौ " उसले भनि "कस्तो छोडेर गएको थियौ र? म अवाक भए | मैले उसलाई उसको बारेमा सोधे उसले ठिकै छ भनि | मैले उ संग एकचोटी भेट्ने चाहना बताए | उसले फेरी छोडेर जानलाई किन भेट्नु भनि मसंग उत्तर थिएन तर उसले भनि आज सम्म तिम्रो आग्रह टाल्न सकी छैन यो कसरि टाल्न सक्छु र?
हामिले भेट्ने योजना बनायौ | उ पनि आइ | पांच बर्षमै उसको उमेर दश बर्षले बढेछ | उसको शरीरमा कुनै तेज थिएन | सधै चिटीक्क पारेर लुगा लागाउने आरति आज खोल बेरेकी जस्ती थि | न मुहारमा मुस्कान न अनुहारमा कुनै चमक |
मैले उसको घर परिवार बिहाको बारेमा सोधे उ धेरै बेर बोलिन अन्तमा भनि मेरो बिवाह पनि भयो अनि अहिले हामि छुट्टी सकेका छौ | हाम्रो सम्बन्ध लामो समय टिक्न सकेन | त्यस्ती राम्री हसिली केटि संग पनि जीवन बिताउन गाह्रो हुन्छा होला र | मैले उ माथि प्रश्नहरु गर्दै रहे उ बोलेर भन्दा आँशुले धेरै जवाफ दि रहेकी थि |
(9)


मैले उसलाई नरुन भन्दै आफ्नो जीवनमा घटेका घटना भन्दै गए |आफुले बच्चा एडप्ट गरेको सबै सुनाए |जीवनमा दुख सुख आउछ जान्छ हरेस खान हुन्न म सम्झाउदै थिए अनि मैले सोधे तिमीले म आएको कसरि थाहा पाएउ| कसले भन्यो तिमीलाई म नेपालमा छु भनेर |उसले भनि तिमीलाई त के दुख छ र जीवनमा ? तिमि त अरुलाई दुख दिएर रुवाएर सुख पाउनेमा पर्छ्यौ | मैले कुरालाई मोड्दै भने अनि भाउजुलाई कस्तो छ ? उ भकानिएर रुन थालि र भनि दिदि अब हुनुहुन्न | म एकछिन निशब्द भए | उसले भनि बच्चा जन्माउन नसकेर दिदि बित्नु भो | आँशुको बलिन्द्र धारा बगाउदै उ भन्दै थि दिदिको गर्भको बच्चा भिनाजुले आफ्नो हैन भन्नु भो | मेरो विवाहको दिन दिदीलाई माइतीमा छोड्न आउनु भो र भन्नु भो खै कसको पाप बोकेकी छे यसको पेटमा मेरोबच्चा छैन अरु कसैको छ | सार्वजनिक रुपमा दिदि र हाम्रो परिवारको बेईजत गर्नु भो | त्यहि समय मेरो बिवाहको लागि आएका जन्ती बिवाह नगरी फर्किए | दिदीलाई हामीले माइतमा राख्ने प्रयास गर्यौ बस्न मान्नु भएन काठमान्डू आउनु भयो | गर्भवती मान्छे दिनभर काम गर्दै बच्चात जन्माउनु भो तर अलि बढी उमेर र त्यो अनुसारको हेरचाह नपुग्दा वहा बित्नु भो | पछी काठमाडौँ मै मेरो अर्को केटा संग बिवाह भयो जब दिदि बित्नु भो त्यो बच्चा लाइ माइतीमा राख्ने कोहि भएन मैले उसलाई राख्न चाहे तर मेरो श्रीमानले बिरोध गरे| मैले त्यो बच्चा अनाथालयमा छोडे | तर बेला बेलामा स्वयंसेवा गर्ने नाममा त्यहा गइ रहन्थे | त्यहि बिषयमा मेरो र मेरो श्रीमान्को झगडा भैरहन्थ्यो | अन्तमा हामि अलग भयौ |मैले बच्चालाई अनाथालय बाट झिक्ने निर्णय गरे | बच्चा झिक्ने प्रक्रिया लामो थियो त्यहि बेला आमा बिरामी सुनेर म पोखरा गएको बेला त्यो बच्चालाई कसैले एडप्ट गरेछ | म स्वम्सेविका भएकोले सबै रेकर्ड हेरे फाइलमा तिम्रो नाम र नम्बर भेटे |
मैले सोधे भाउजु र वहाको श्रीमान को त्यो बच्चा हैन रैछ त? कि वहाले भाउजु माथि आरोप मात्रै लगाउनु भाको रैछ? कि त्यो बच्चाको बाउ अर्कै हो भनेर भाउजुले भन्नु भो ? को रैछ त त्यो बच्चाको बाउ? मेरा यति धेरै प्रश्नको जवाफमा आरति ले भनि हो दिदीले मर्ने बेलामा बच्चाको बाउ को हो भन्नु भो . मैले सोधे को रैछ त? उसले भनि "तिमि" !!!!!
(10)

No comments:

Post a Comment