चैत ९ – ब्राजिलको मेडिकल नियामक निकायले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा पहिलोपल्ट समर्थन जनाएको छ ।
गर्भपतन सम्बन्धि कानूनमा सुधारबारे संसदमा विवाद चलिरहँदा संघीय चिकित्सा परिषदले १२ हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने प्रावधान राख्न माग गरेको छ ।
ब्राजिलमा अहिले बलात्कार, गर्भको शिशुमा मस्तिष्कको असामान्य विकास र आमाको ज्यान खतरामा पर्ने अवस्थामा मात्रै गर्भपतनको अनुमति दिने गरिएको छ । रोमन क्याथोलिक चर्चको विरोधका कारण गर्भपतनको सुविधा व्यापक हुन सकेको छैन । तर हरेक वर्ष साढे दुई लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
No comments:
Post a Comment