कौशल ब्रिलियन्ट स्टुडेन्ट थियो । जहिले पनि कक्षामा फ आउथ्यो तर दुई वर्षयता उसको पर्फमेन्स लगातार खस्कदै गयो र एकदिन उसको रिमार्क राम्रो आएन । पढाइमा मन नदिने, आक्रामक हुने, स्कुलमा अब्सेन्ट हुने आदि कमेन्ट्स दियो स्कुलले । यो सबै देखेर कौशलका पिता कुमारलाई रसि उठ्यो । कौशललाई थप्पड हिर्काउन मन लाग्यो । तथापि कुमारले कौशलको लालनपालनका सम्बन्धमा पुनर्विचार गर्नु आवश्यक माने तर उनले कौशलको परविर्तित बानी-व्यवहार पछाडिका कारण भने ठम्याउन सकेनन् । कारण थियो कुमारको दाम्पत्य जीवनमा बढ्दै गएको तनाव, श्रीमान्-श्रीमतीबीचको झगडा जसको असर कौशलमा परेको थियो ।असफल दाम्पत्य वा दाम्पत्य जीवनको मनमुटाव, झगडाले बालबालिकामा नकारात्मक प्रभाव पार्छ मनोचिकित्सकहरूका अनुसार माता-पिताको परस्पर भावना, संवेदना र व्यवहारबाट बालबालिका गहिराइसम्म जोडिएका हुन्छन् । त्यसैले अभिभावकको हरेक क्रिया-प्रतिक्रिया, आशा-निराशा, खुसी-दुःख आदिले पनि बालबालिकामा गहिराइसम्म प्रभाव पार्छ । बालबालिकाका अगाडि उसकी आमालाई जोडसित थप्पड हिर्काउने नाटक गर्नुहोस् वा गालीगलौजको अभिनय गर्नुहोस् यदि आमाले रुने अभिनय गरे बालबालिका साँच्चै रुन थाल्छन् वा आक्रामक भै गाली गर्ने व्यक्तिमाथि जाइलाग्छन् । माता-पितालाई खुसी देखेर बालबालिका पनि खुसी एवं सन्तुष्ट हुन्छन् भने तिनको दुःख र आपसी टकरावले बालबालिकामा नकारात्मक प्रभाव पार्छ । दाम्पत्य जीवनको असफलताले बालबालिकाको अपरपिक्व मस्तिष्क र मनमा नराम्रो असर गर्छ ।
श्रीमान्-श्रीमतीको सम्बन्ध तन-मनसित जोडिएको कोमल सम्बन्ध हो । यदि दुवैको सुखद् साथले परिवार र जीवनमा खुसी सञ्चार हुन्छ भने त्यसलाई सफल दाम्पत्य भनिन्छ । सम्बन्धमा सामञ्जस्यपूर्ण तालमेलको अभावमा दिन-रात मतभेद, झगडा छ भने दाम्पत्य जीवन बोझबाहेक अरू केही लाग्दैन । जुन असफल त हुन्छ नै यसले सम्बन्धमा टाढापन बढाउँछ र सम्बन्धविच्छेदको स्थितिसम्मको सिर्जना हुन पुग्छ । यदि सम्बन्धविच्छेद भए पनि पीडा कायम रहन्छ । बाध्यताका साथ सँगै बस्नुपरे पनि पलपलमा तनाव हुन्छ । जसले बालबालिकाको मनस्थितिलाई नराम्रोसँग बिगार्छ ।
बालबालिकामा कस्तो प्रभाव पर्छ ?
बालबालिकाका सामु लडाइँ-झगडा गर्नु, मारपिट गर्नु, अपशब्द बोल्नु कुनै पनि हालतमा न्यायसंगत मानिँदैन । यसबाट उनीहरूको व्यवहारमा असन्तुलन र असामान्यता बढ्छ ।
माता-पिताको सम्बन्धको पीडा बालबालिकाको व्यवहारमा दुई किसिमले देखापर्छ- या त ऊ अन्तर्मुखी बन्छ वा बहिर्मुखी ।
उसको व्यवहारमा उग्रता देखिन थाल्छ । अन्तर्मुखी बालबालिका प्रायः एक्लो रहन रुचाउँछन् । भीडभाडमा असहज महसुस गर्छन् ।
माता-पिताको झगडाबाट डराउँछन् र स्वयंलाई असुरक्षित महसुस गर्छन् । सुरक्षाको चाहनामा उनीहरूको संगत गलत व्यक्तिसित बढ्ने सम्भावना हुन्छ ।
माता-पितालाई एकसाथ देख्नेबित्तिकै झगडाको आशंकाले जन्म लिन्छ र उनीहरूमा नकारात्मक परिणामको चिन्ता रहन्छ ।
यस्ता बालबालिका बाहिरी रूपमा शान्त देखिए पनि भित्री रूपमा दुःख द्विविधा र उल्झन हुन्छ । आफ्नो मनको कुरा कसैसित बाँड्न पनि डर महसुस हुन्छ ।
कुनै पनि एक्टिभिटी वा अध्ययनमा ध्यान केन्दि्रत गर्न गाह्रो हुन्छ ।
अत्यन्त प्रतिभाशाली भएर पनि यस्ता बालबालिकाको जीवन सफल हुन सक्दैन ।
व्यवहारमा रूखोपन, उद्दण्डता, उपेक्षा देखापर्छ ।
सहनशीलताको कमी हुन्छ, डिमान्डिङ र स्वार्थी पनि ।
कहिलेकाहीँ आक्रामक बन्नुका साथै घरबाट टाढा रहने चाहना पाइन्छ ।
परिवार, समाज र सम्बन्धमा विश्वास लाग्दैन अनि प्रेम, दया आदि पनि बेइमानी र बनावटी लाग्छन् ।
समाजको नजरमा उनीहरू घमण्डी, जिद्दी र उद्दण्ड हुन्छन् ।
समाज-परिवारको आलोचना, प्रताडनाका कारण गलत बाटोमा अग्रसर हुने सम्भावना पनि उत्तिकै रहन्छ । तिनको कदम आपराधिक प्रवृत्तितर्फ अग्रसर हुन्छ, जसमा उनीहरूको भन्दा वातावरणको दोष बढी हुन्छ ।
के गर्नुपर्छ अभिभावकले ?
आफ्नो घृणा, अवसाद तथा डिप्रेसनको असर बालबालिकामा नपरोस् भन्ने प्रयास गर्नुपर्छ ।
दुई मनको उपहार मानिने बालबालिकालाई सम्बन्धको कटुताको प्रभावमा पार्नुहुँदैन । कुनै पनि हालतमा उनीहरूलाई दोषी ठहर्याउनुहुँदैन ।
दाम्पत्य झगडामा धेरैजसो बालबालिकालाई हतियारका रूपमा प्रयोग गरिन्छ या त विवादको कारणका रूपमा प्रस्तुत गरिन्छ । दुवै अवस्थामा समस्या बालबालिकामाथि पर्छ । यसले उनीहरूको बालापनमा प्रभाव पार्छ ।
बालबालिकाको अबोध बालापनलाई अबोध नै रहन दिनुपर्छ । उनीहरूलाई तबसम्म सुरक्षा कवच प्रदान गर्नुपर्छ जबसम्म उनीहरू पंक्षीका रूपमा आफ्नो पखेटा फिँजाई स्वतन्त्र रूपमा उड्न सक्दैनन् ।
किशोरावस्थाका बालबालिकालाई सम्झाउन-बुझाउन अझ गाह्रो हुन्छ । उनीहरूमा एकातिर शारीरकि-मानसिक परविर्तनको समस्या हुन्छ भने पारविारकि झगडाले थप प्रभाव पार्छ । अतः कडा रूपमा प्रस्तुत हुनुको साटो स्थितिलाई उनीहरूले बुझ्ने तरिकाले सम्झाउनु उचित हुन्छ ।
विवाह बन्धनमा बाँधिनु र त्यसपछि माता-पिता बन्नु ठूलो जिम्मेवारीको काम हो । बालबालिका मात्र भावनापूर्तिका साधन होइनन् । यदि आपसी तालमेल बिग्रन थालेको छ भने स्वयंलाई सम्हाल्नु आवश्यक छ । यदि समस्या आफ्नो वशमा छैन भने सकारात्मक दृष्टिकोण अँगालेर राम्रो काउन्सिलिरको सहयोग लिनु बुद्धिमानी हुन्छ । आपसी सम्बन्धको असफलताको पीडा बालबालिकाले भोग्नु भनेको माता-पिताको अपराध नै हो ।
No comments:
Post a Comment