हङकङ (एएफपी), माघ २७ - हङकङका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट जहाजमा आएका फलफूलको बाकसमा २ हजार ६ सय जीवित सर्प फेला पारेका छन् । ती बाकसमा मंगलबार २ हजार ४ सय सामान्य तथा २ सय कोब्रा सर्प भन्सार अधिकारीहरूले फेला पारेका थिए । चीनको दक्षिणी भागमा विभिन्न प्रजातिका प्राणीलाई खानेकुराको रूपमा उपयोग गरिन्छ । सर्पलाई सुपको रूपमा उपयोग गरिन्छ । यसको उपयोगले रक्त प्रवाहमा सुधार गर्ने तथा रोग निको हुने विश्वास गरिन्छ ।
हङकङमा यस प्रकारले गैरकानुनी रूपमा सामान ल्याउने व्यक्तिलाई सात वर्षसम्म काराबासका साथै २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने प्रावधान छ ।

No comments:
Post a Comment