Total Pageviews

Friday, March 29, 2013

छोराले अन्तरजातीय विवाह गरेपछि आमामाथि कुटपिट


प्रकाश पन्त/उज्यालो । सुर्खेत, चैत १६ - अन्तर जातीय विवाह गर्ने केटीका आफन्तले केटाकी आमार्लाइ कुटपिट गरेका छन् ।
दुईदिन अघि रामघाट ३ का शिवराज सुनारले अन्तर जातीय विवाह गरेपछि केटी पक्षकाले शिवराजकी आमा ललितलाई कुटपिट गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत केटीका मामा भीमबहादुर रावतले शिवराजकी आमा ललिता र बहिनी ज्वाईं हरि विकलाई कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।
कुटपिटवाट घाइते भएकी ललिताको अहिले मध्य पश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने दुवै पक्षवीच सहमति भएकोले कुटपिटमा संलग्न कसैलाई पनि प्रक्राउ नगरेको बताएको छ ।
सुर्खेतका प्रहरी प्रमुख विश्वनिरन्जन प्रधानले पीडक पक्षले उपचार खर्च व्यहोर्ने र आउदो चैत्र १८ दुवै पक्षवीच केटाकेटीलाई रोवहरमा राखेर निष्कर्ष निकाल्ने सहमति भएको बताउनुभयो ।
चैत १३ गतेका दुई जोडीले अन्तरजातीय विवाह गरेका थिए । विवाह गरेका मध्ये एक जोडी १४ वर्षको नावालक र नाबालिका  भएकाले उनीहरुको विवाह कानुन वमोजिम वदर हुने प्रहरीले जनाएको छ ।
विवाह गरे लगत्तै दुई वटै जोडी सम्र्पकमा नभएको परिवारले बताउँदै आएका छन् ।

No comments:

Post a Comment