Total Pageviews

Wednesday, March 27, 2013

होलीमा साथीले तेजाब खन्याइदिएपछि... from Nagariknews

टेकनारायण भट्टराई, पाल्पा, चैत १४ - होली खेल्ने क्रममा आफ्नै साथीले शरीरमा तेजाब खन्याइदिएपछि एक बालक गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। बाग्लुङ बुर्तिवाङका ७ वर्षीय बालक सुन्दर परियारको शरीरमा हिजो उनकै साथीले होली खेल्ने क्रममा तेजाब खन्याइदिएका थिए। तेजाब खन्याइदिने उनका साथी बुर्तिबाङका १४ बर्षीय सन्त विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
सन्तले होली खेल्ने क्रममा आफूले पेट्रोल ठानेर साथीको शरीरमा खन्याइदिएको बताएका छन्। 
बालबालिकालाई होली खेल्न पेट्रोल भनी तेजाब दिएको भन्दै स्थानीय एक ग्यारेजमा काम गर्ने १९ वर्षीय मनोज विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

No comments:

Post a Comment