धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन्। नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ। यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ। तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन्। आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ। हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन्। पुरुषत्व बढाउने केही जानकारी यसप्रकार छन्
– हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
– दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
– केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् ।
– घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ ।
– हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् ।
– बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
– पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।
– रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
– अश्वगंधारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
– नियमित व्यायाम तथा तनावबाट मुक्ति पनि यौन जिवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

No comments:
Post a Comment