राक्षसको वहानलाई, मान्दिनँ म त
त्यो ढुङ्गे आँगनलाई, मान्दिनँ म त
कसैलाई हँसाछ, कसैलाई रुवाछ
भेदभावी भगवानलाई, मान्दिनँ म त
त्यै फटाहा चुसाहालाई, महान् भन्छौ तिमी
तिम्रो त्यो महानलाई, मान्दिनँ म त
पतिव्रताको अर्थ, खोजुँ म कहाँ
वेश्या जहानलाई, मान्दिनँ म त
No comments:
Post a Comment