Total Pageviews

Thursday, March 28, 2013

कति सुरक्षित छ तपाईंको मन र तेज छ मस्तिष्क ?

बदलिँदो मौसमको प्रभाव सबैभन्दा बढी मानव स्वास्थ्यमा पर्छ जसका कारण मानिसहरू कतिपय रोगबाट ग्रसित हुन्छन् । मानिसको रोग-प्रतिरोधक क्षमता कमी भएकाले त्यस्तो भएको हो । त्यसैले आफ्नो रोग-प्रतिरोधक क्षमता बढाएर रोगबाट बच्नुपर्छ ।
शारीरिक क्षमता 

१.     तपाईंलाईर् वर्षमा कति पटक रुघाखोकी र अन्य मौसमी रोग लाग्छ ? 
   क) बढीमा एक पटक, 
  ख) दुई पटक, 
ग)    हरेक पटक मौसम परिवर्तन हुँदा तीन पटकभन्दा बढी ।
२.    कति पटक तपाईं भाइरल फिबरका कारण बिरामी पर्नुहुन्छ ? 
  क) दुई वर्षमा एक पटक, 
  ख) एक वर्षमा एक वा दुई पटक, 
ग) वर्षम्ाा दुई पटकभन्दा बढी ।
३.     कति पटक तपाईंलाईर् पेटमा इन्फेक्सन, पाचन क्रियामा समस्या, झाडापखालाको समस्या हुन्छ ? 
 क) वर्षमा एक पटक, 
  ख) वर्षमा दुई पटक, 
  ग) वर्षमा दुई पटकभन्दा बढी ।
४.     तपाईंको खाना खाने तरिका कस्तो छ ? 
 क) साधारण वा एक दिनमा तीनदेखि चार पटक,  
 ख) दिउँसो र रातिको खाना -लन्च र डिनर), 
ग) धेरै कम, असमय ।तेज मस्तिष्क
१.     के तपाईं कहिलेकाहीँ कुरा गर्दागर्दै के कुरा गरिरहेको छु भन्ने बिर्सनुहुन्छ ? 
 क) बिर्सिन्न, 
 ख) कहिलेकाहीँ, 
ग) सधैं ।
२.    के तपाईंको  ध्यान र एकाग्रता कुराकानीका बेला भट्किन्छ ? 
क) होइन,
ख) कहिलेकाहीँ, 
गं सधैं ।
३.     के आफ्नो दैनिक कामप्रति सचेत रहनुहुन्छ ? 
क) होइन, 
ख) कहिलेकाहीँ, 
ग) सधैं ।

No comments:

Post a Comment