Total Pageviews

Thursday, March 28, 2013

विवाह गर्न नपाएपछि आत्महत्या


सुन्दरीजल, चैत्र १५ - आफूले मन पाराएकी युवतीसँग विवाह गर्न नपाएको भन्दै जोरपाटी–४ का किरण दुवालले आज आत्म हत्या गरेका छन् ।
आमाबाबु बिहानै दूध बेच्न गएको मौका छोपी किरणले घरको तेस्रो तल्ला चढ्ने ठाउँमा खादाको पासो लगाई आत्म हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब निरीक्षक धनीदत्त जोशीले जानकारी दिए ।
किराना पसल सञ्चालन गर्दै आइरहेको र सोही क्रममा तामाङ थरकी युवतीसँग प्रेम सम्बन्ध गास्न पुगेका किरणले उनैसँग विवाह गर्न खोज्दा परिवारले अन्तरजातीय विवाह गर्न नदिएका कारण उनले आत्म हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिए । 
copy - ekantipur

No comments:

Post a Comment