Total Pageviews

Thursday, March 28, 2013

पूर्व युवराज पारस अस्पतालबाट डिस्चार्ज


काठमाडौ, चैत्र १५ - एक महिनादेखि बैंकको समितिवेज अस्पतालमा उपचार गराइरहेका नेपालका पूर्व युवराज पारस आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
करिब एक महिना चिकित्सको निगरानीमा रहने गरी उनलाई डिस्चार्ज गरिएको उनका सहयोगी एवम् गैरआवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले टेलिफोनमार्फत् जानकारी दिए । उनी  चिकित्सकको निगरानीमा बैंककमै बस्नेछन् ।
'उहाँलाई आज डिस्चार्ज गरिएको छ', खड्काले भने,'एक महिना बैंककमै आराम गरेर बस्ने गरी डिस्चार्ज गरिएको हो ।
हृदयघात भएको भन्दै उनलाई फागुन ८ गते अस्पताल लगिएको थियो । फागुन १९ गते उनको होस खुलेको थियो । होसमा आएको २ दिनपछि उनले बोल्न र पानी पिउन थालेका थिए । स्थिति सामान्य बन्दै गएपछि उनलाई चैत १ गते जेनेरल वार्डमा सारेर हेरचाह गरिएको थियो ।
चिकित्सहरुले उनको अवस्था सामान्य भएको भन्दै डिस्चार्ज गरेका हुन् । उनी एक महिना बैंककमै रहेर आराम गर्नेछन् । उनको उपचारमा बैंककस्थित बरिष्ठ चिकित्सहरु सक्रिय थिए । अस्पताल भर्नाको बेला स्थिर रहेको उनको मुटुको धड्कन केही दिनपछि मात्रै नियमित भएको थियो । चिकित्सहरुको लामो प्रयासपछि उनको शरीरको तापक्रम सामान्य बनेको हो ।
पारस भेट्न बैंकक पुगेका पत्नी हिमाली र पूर्व राजा ज्ञानेन्द्र भने करिब एक सातापछि स्वदेश फर्किने खड्काले बताए ।

kantipur प्रकाशित मिति: २०६९ चैत्र १५ ०६:३८  

No comments:

Post a Comment