Total Pageviews

Thursday, March 28, 2013

कान्तिपुरको ग्राहक बन्नेलाई २० तोला सुन


काठमाडौ, चैत्र १५ - कान्तिपुर पब्लिकेसन्सले आफ्नो २० औं वाषिर्कोत्सवका अवसरमा विशेष ग्राहक योजना सार्वजनिक गरेको छ ।  ग्राहक बन्नेमध्येबाट हरेक महिना एक जनालाई २० तोला सुन
उपहार दिइनेछ । त्यस्तै, प्रत्येक साता ग्राहक बन्नेमध्ये एक जनाले १ किलो चाँदी पाउने पब्लिकेसन्सले जनाएको छ ।  
आउँदो चार महिनाभित्र कान्तिपुर दैनिक वा दि काठमान्डु पोस्टको वार्षिक ग्राहक बन्ने प्रत्येकले एउटा चाँदीको सिक्का पाउनुका साथै सिद्धार्थ बैंकमा निःशुल्क खाता खोल्ने अवसरसमेत पाउने छन् । यससँगै सबैले सित्तैमा २ सय रुपैयाँ बराबरको रिचार्जकार्ड पनि
पाउनेछन् । ग्राहक बन्नेले स्क्र्याच कार्ड मार्फत ल्यापटप, टिभी, आइप्याड, मोबाइल फोन र सोलार इन्भर्टरजस्ता उपहारहरू पनि पाउने छन् । 'नयाँ ग्राहक बन्नेले न्यूनतम एउटा चाँदीको सिक्का, नयाँ
खाता र २ सय रुपैयाँको रिचार्जकार्ड पाउनेछ भने हरेकलाई दिइने स्क्र्याच कार्डमार्फत थुप्रै पुरस्कार पनि राखिएको छ,' पब्लिकेसन्सका वितरण विभाग प्रमुख सुनिल वशिष्ठले भने ।  

प्रकाशित मिति: २०६९ चैत्र १५ ०९:१० 

No comments:

Post a Comment