जानी जानी पथ्थरमा शिशा ठोकें
चिरा परेको हृदयमा घाउ अरु रोपें !
दिवास्वप्नमा दिल जब कावा खांदै थियो ,
त्यही नेर घाती आफ्नै भाग्य देखियो !!
तिमी जित्यौ आज तिम्रो नजरमा ,
समयको बेगले नजर उघारोस तिम्रो !
म त हार मै जिउने आदी भएको मानिस ,
स्वीकार्छु आज पनि हरेक उपहास तिम्रो !!
विस्मित बिचलित प्रतिबिम्ब भित्र ,
एकाकी म गल्तिहरु खोज्ने चेष्टा गर्दैछु !
अपराध नै हुनपर्छ भन्ने हुन्न रहेछ ,
अनाहक भागिदार सजायको बन्दैछु !!
थाहा थियो मलाई तिम्रो साथ सपना हो ,
थाहा थियो मलाई एक मिठो दुर्घटना हो !
ढलेको एक पिपल यात्रु बिहीन छायाँ हो ,
पथिक थाकेर त्यो एकछिनको बिश्राम हो !!
Written by Gauri Malla
No comments:
Post a Comment