Total Pageviews

Wednesday, April 3, 2013

कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?

हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ ।
इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।images
इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।
अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु ।
कसरी जोगिने ?
पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् ।
तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् ।
इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् ।
लिंक सुरक्षित हो वा भाइरस जन्य हो भन्ने कुरा कसरी थाहा पाउने ?
तपाइँलाई पठाइएको वा लगअन गर्न खोजेको साइटको लिंक युआरएल निम्न लिंक safeweb.norton.com र siteadvisor.com मा गएर टाइप गर्नुहोस त्यसपछि त्यो साइट सुरक्षित हो की भाइरसजन्य हो थाहा हुन्छ ।

No comments:

Post a Comment