महँगो क्रिम लगाउनुको साटो आफ्नो पार्टनरलाई प्रेम गर्नु राम्रो हुन्छ। विशेषज्ञहरूका अनुसार जब महिलाले आफ्नो साथीसित भावनात्मक एवं शारीरिक रूपमा संसर्गको आनन्द लिन्छिन्, तब शरीरमा दुई गुणा एस्ट्रोजन हार्माेन श्राव हुन्छ। यसले महिलाको केशलाई चम्किलो र छालालाई सुकोमल बनाउँछ। प्रेमलाई स्वीट डिसका रूपमा लिनुपर्छ। जसरी स्वीट डिसलाई आरामसाथ स्वाद लिएर खाइन्छ त्यसरी नै प्रेमका मामिलामा पनि हतार गर्नु ह ँुदैन। तनावरहित र आरामपूर्वक गरिएको सम्भोगले छाला सुन्निने, चायाँ, पोतो, रेशेजजस्ता समस्यालाई कम गर्छभने पसिनाले रोमछिद्र सफा हुन्छ र छाला स्निग्ध बन्छ।नाइट वाकमा जान नरुचाउने हो भने राति अबेरसम्म आफ्नो पि्रयतमसित लव गेम्स खेल्न सकिन्छ। रोमान्टिक डिनरपश्चात्को संसर्गले क्यालोरी बर्नमा मद्दत गर्छ। जति लामो समयसम्म लव गेम्समा सहभागी भइन्छ त्यति नै बढी क्यालोरी बर्न हुन्छ।
उदासी र तनावमा कुनै औषधी सेवन गर्नुअघि प्रेम र आत्मीयताको सहारा लिनु राम्रो हुन्छ। संसर्गमा डिप्रेसनलाई नियन्त्रण गर्ने आश्चर्यजनक तागत हुन्छ। रक्तकोशिकाहरूमा एन्ड्रोफिन हार्माेन बन्छ र मनले सुखको अनुभूति गर्छ।
सहवास एक प्रकारले निद्राको सुरक्षित औषधी पनि हो। यो कुनै औषधीभन्दा दस गुणा बढी प्रभावकारी छ। राति संसर्गको सन्तुष्टिपश्चात् स्त्री र पुरुष दुवैको तन मनले पूर्ण रूपले आराम अनुभव गर्छ र उनीहरूलाई मीठो एवं गहिरो निद्राको अनुभूति हुन्छ।
चुम्बन पनि फाइदाजनक छ। मन खोलेर चुम्बन गर्नुपर्छ। जति चुम्बन गरिन्छ त्यति नै डेन्टिस्टबाट टाढा रहिन्छ। विशेषज्ञहरूका अनुसार चुम्बन गर्नाले मुखभित्र श्वासको दुर्गन्ध सिर्जना गर्ने एसिडको स्तर धेरै हदसम्म कम हुन्छ र श्वास गन्हाउँदैन।
टाउको दुखाइमा औषधी नभएर प्रेमको आवश्यकता हुन्छ। तनावबाट मस्तिष्कको रक्तवाहिनीहरूमा सिर्जना हुने बाधालाई सहवासले हटाउन सकिन्छ।
रुघा लाग्दा धेरैलाई बन्द नाकको समस्या हुन्छ। यसका लागि पनि आफ्नो पार्टनरसितको प्रेम लाभदायक सिद्ध हुनसक्छ। विशेषज्ञहरूका अनुसार संसर्गमा संलग्न भए बन्द नाकको समस्यामा आराम प्राप्त हुन्छ। यसलाई दमको प्राकृतिक औषधीका रूपमा पनि लिइन्छ। यसबाट हाछ्यँू आउने समस्यामा लाभ प्राप्त हुन्छ।
यौनसम्पर्क हृदय र सुचारु रक्तसञ्चारका लागि पनि लाभदायक छ। यौनसम्पर्कका समयमा हृदयको धड्कन ७० देखि १ सय ५० प्रतिमिने टसम्म हुन पुग्छ। यसबाट हृदयको राम्रो व्यायाम हुन्छ। सातामा तीन पटकसम्म यौनसम्पर्कमा संलग्न रहे हृदय रोगको सम्भावनामा ५० प्रतिशतले कमी आउँछ। यौनसम्पर्कका बेला गहिरो श्वास-प्रश्वासले फोक्सोलाई बढी मात्रामा अक्सिजन सप्लाई गर्छ।
सम्भोगले भावनात्मक एवं मानसिक स्वास्थ्यका बीच सन्तुलन कायम राख्छ। शोधअनुसार शुक्राणुले महिलाको मुड लिफ्ट गर्ने कार्य गर्छ। कन्डम प्रयोग गर्ने श्रीमान-श्रीमतीको तुलनामा कन्डम प्रयोग नगर्ने श्रीमान्-श्रीमतीमा डिप्रसेनको समस्या बढी हुन्छ। शुक्राणुको सम्बन्ध प्रोस्टाग्लेन्डिन रसायनसित छ। योनिमा प्रवेश गरेपछि यसले महिलाहरूमा एन्टिडिप्रेसेन्टको कार्य गर्छ। धेरै तनाव र उदास रहने महिलाहरूले सुरक्षित यौनसम्पर्कका लागि कन्डमको साटो अरू गर्भनिरोधक उपाय अपनाउँदा मुड सुध्रने सम्भावना हुन्छ।
सम्भोगले पति पत्नीबीचको आत्मीयतालाई अझ बलियो बनाउँछ। युनिभर्सिटी अफ मिसौरीका मनोवैज्ञानिक ल्यूरी मिन्ट्जका अनुसार यौ नसम्पर्कबाट दाम्पत्य सम्बन्धप्रति सकरात्मकता कायम रहन्छ। संसर्गपश्चात् दुवै जनाले एक-अर्काको अँगालोमा केही समय बिताए अझ राम्रो परिणाम प्राप्त हुन्छ।
No comments:
Post a Comment