चैत १७ – भारतको उडीसा राज्यका पूर्वमन्त्री रघुनाथ मोहन्तीलाइ प्रहरीले पक्रेको छ ।
दाइजो नल्याइएको भन्दै बुहारीलाई यातना दिएको आरोपमा प्रहरीले मोहन्ती र उनकी पत्नीलाई पक्रेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरु पश्चिम बंगाल राज्यबाट पक्राउ परेका हुन् । दाइजोका कारण यातना दिएको विषयमै आलोचना भएपनि मोहन्तीले नवीन पटनायकको मन्त्रिपरिषदबाट १५ दिनअघि राजीनामा दिनु परेको थियो । उनका छोरालाई भने पक्रेर जेल हालिएको छ ।
पूर्वमन्त्रीकी बुहारी वर्षाले दाइजो नल्याएको भन्दै आफूलाइ शारीरिक र मानसिक यातना दिएको उजुरी प्रहरीमा गरेको द हिन्दुले जनाएको छ । वर्षाले आफ्ना श्रीमान, सासु, ससुरा विरुद्ध उजुरी दिएकी थिइन् । उजुरीमा २५ लाख रुपैयाँ नगद र बिलासी गाडी माग गरेर यातना दिएको उल्लेख छ ।
No comments:
Post a Comment