दी क्लिन्टन ग्लोबल इनिसेटिभ युनिभर्सिटी (सीजीआईयू)को 'कमिटमेन्ट्स च्यालेन्ज'मा नेपाली विद्यार्थी कञ्चन अमात्यको अवधारणा छनोटमा परेको छ। अमात्य अमेरकिाको ओक्लाहोमा विश्वविद्यालयमा अध्ययनरत छिन् । उक्त प्रतिस्पर्धामा 'शान्ति, मानव अधिकार तथा स्वास्थ्य', 'शिक्षा', 'वातावरण र मौसम परविर्तन', 'गरबिी निवारण'जस्ता चार विधामा विश्वका १६ विश्वविद्यालयका विद्यार्थीले भाग लिएका छन्। गरबिी निवारण शीर्षक अन्तर्गत अमात्यको 'दिगो मत्स्य पालन परयिोजना'मा धादिङमा लघुवित्त रणनीति प्रयोग गरेर पाँच सय परविारमा रोजगारी सिर्जना गर्ने रहेको छ। विजेताको घोषणा २३ देखि २५ चैतसम्म अमेरकिाको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयमा सीजीआईयूको वाषिर्क बैठकमा अमेरकिी पूर्वराष्ट्रपति विल क्लिन्टनले गर्नेछन्। थुप्रै विद्यार्थी नेतृत्वकर्ता, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ तथा सेलिबि्रटीहरू सहभागी हुने उक्त बैठकमा ट्वीटर संस्थापक ज्याक डर्सी, बलिउड अभिनेता सलमान खानलगायतले मन्तव्य दिँदै छन्।
No comments:
Post a Comment