कुरा सन् २००७ देखि अहिले सम्मको हो। मेरो नाम कल्पना श्रेष्ठ हो अर्थात्स्कुल पढदाको नाम चीन कुमारी श्रेष्ठ हो । म धादिंङग जिल्लाको बिकट
गाँउ जोगीमारा गा. वि.स ७ मा हो म मध्यम परिवारमा कृष्ण लाल
श्रेष्ठको ठुली छोरीको रुपमा आज भन्दा २७ वर्ष पहिला जन्म लिएकी थिए
। मेरो बल्यकाल आमा बाबा को लाडिलो प्यारमा बितेको थियो । त्यसैले
होला म पुल पुलिएकी थिए । म बच्चा देखीनै चुल बुले सोभावकी थिए । मैले चाहे पछी हर कुरा मेरा बा आमाले पुरा गरि दिनु हुन्थियो ।
मेरो बुद्दी बिग्रिएर भनौ या त उन्मत्त भएर आफु भन्दा नाजुक
अबस्थाको केटा संग सुटुक्क माया पिरती गाँस्न पुगे सन् २००४ तिर
उसको र मेरो बिबाह भयो गरिविको कारण मेरो आमा बाबा संग टाढा भए ।
गरिबीको कारणले पिरोलिना थाले त्यतिकैमा हामी दुई बाट एक सन्तान
पैदा भयो । झन भारी माथि सुपारी भने झैँ आर्को बोझ थपियो । अनी पैसाको लागि जिबन गुजर्नको लागि केहि बाँकी राखिन मेरो आफ्नै
शरिर समेत बेच्न थाले । केहि समय पछि हामि दुवै
जना काठमाडौको नरदेविमा सानो पसलमा काम गरेर बस्यौ त्याहाँको काम
बाट प्राप्त पैसाले पनि जिबन धन्न सकिएन । मेरो बहिरी यौन सम्पर्क र
जागिरले परिवार चल्न नसके पछी म बाहिरी देश जाने निधो गरे ।
अनि फेरी तीन जनै गाँउ गयौ मैले केहि समय पहिले नारायनघाटको स्यानु भन्ने एजेन्टको मा गएर विदेश जाने निधो गरे । अनि धादिंङ गएर हतार
हतार पास पोर्ट बनाए । लग भाग ४० दिन पछी भिसा आयो ।
कुवेतको भिसा हात लागे पछी मैले उसलाई सोधे काम कस्तो हुन्छ ?
पैसा कत्ति हुन्छ ? उसले मलाई भन्यो १५ हजार् तलब हुन्छ । एक
परिवारको ३/४ जना भन्दा बढि बच्चा हुदैन / ८/१० घण्टा कम गरे पछी सुतेर
बस्न पाइन्छ । त्यो कुरा सुने पछी म ४० हजार पैसा ऋण खोजेर कुबेत तिर हिडने पक्का भए २००७ को पहिलो हप्ता मेरो मनले साटेको जिबन साथी मदन
कुमार श्रेष्ठ पियारो मुटुको टुक्रा साइरस उ त्यती बेला ३ वर्ष को थियो । उनीहरुलाई छाडेर धेरै पैसा कमाएर परिवार सुखमा बस्ने सपना बोकेर
भोलि पल्ट भालेको डाकमा गाँउको देवर सुवास संग दिल्ली हिडे ।
दिल्ली मा गएर सात दिन बसे पछी बल्ल कुवेतको लागि जहाज छाड्ने
निधो भयो । जब जहाज छाड्ने बेलामा गाँउ घर
बाबा आमा परिवारका सम्झना आयो झनै मुटुको टुक्रा छोराको यादले
सतायो । मुटु दरो बनाए ३ साल पछी ४/५ लाख रुपिया लिएर मेरो छोरा मेरो जिबन साथी संग बस्छु भनेर जहाज चढे । जब
कुवेतको एयरपोर्टमा आए सायद म एक्लै नेपाली थिए होला । त्यस
जहाजमा सेतो कपडा लगाएको मान्छे मेरो नजिकै आयो त्यो मेरो मालिक
रहेछ उसले लगाएको दिसदासा रहेछ पछी थाहा पाए । मलाई लिन
आएको मालिक रहेछ मेरो नजिकै आएर व्वाट इस यौर नेम ? भनेर
सोधो मैले उत्तर दिए मै नेम इज चीन कुमारी त्यस पछी कम कम भनेर पजेरोमा राखेर लग्यो । मलाई घरमा लागे पछी ५ तेले बिल्डिंग
देखायो यहाँको कोठा टोइलेट बाथ रूम जम्मै साफ गर्नु पर्छ
भन्यो त्यती बेला नै मेरो हंग्सले ठाउँ छोड्यो यत्रो काम कसरि गर्ने ८
घण्टा काम गर्ने सुरमा आएको मान्छे २२/२३ घण्टा काम गर्नु पर्ने भयो ।
मन दरो बनाएर कम गर्न थाले तर भाषा नजानेको कारण कहिले घर मालिक
त कहिले पाहुनाको यौन सोसन हुन् थाले यौन शोषणमा म आफै यौनपिपासु भएको कारण त्यती गार्हो परेन । त्यस घरमा टेलीफोन भने चलाउनु
पाईदो रहेछ २ महिना पछी फोन किने अनि नेपाली दाई भाईको खोजीमा लागे
त्यतिकैमा पूर्व तिराको दाईको नम्बर हात लग्यो । १ दिन २ दीन गर्दै
हामी दुई को माया गाढा भयो । अब मेरो सर सपना यती रह्यो घरमा १ लाख
पैसा पठाए । अनि त्यतिनै बेला कुवैतमा भिभा फोन साथी बाट लाई फ्री कल
शुरु भयो सुनमा सुगन्ध भने झैँ भयो । म चनाखो केटि भएको कारण कुवेतिलाई पहिले नै यहाँ मेरो श्रीमान छ भनेको थिए भने पछी मलाई यौन
सम्बन्धको गार्हो परेन जति बेला चाहिए पनि उनि आउथे । यसरी दिन बित्दै थियो । हामी दुबैको चाहना अनुसारनै हामी नेपाल जाने २
महिना छुट्टी बिताउने निधो ले हामी काठमाण्डु गयौ अनि २ महिना बिताएर
आयौ । म आएर कुवेतीको घरमा बस्न नसक्ने अवस्था भएको कारण मलाई
बाहिर दाईले अरु संग ऋण खोजेर निकाले निकाले पछि म उनि संग २/३
महिना मात्र बसे किनकि म यौन को तृसना उसको सम्बन्धले पुगेन त्यसैले
म कहिले सिरियाली कहिले बंगाली कहिले मस्री कहिले अमेरिकाली को सम्बन्धमा बचेको छु । मेरो घर परिवारमा सारा कुरा भुलेर म
त्यसै भौतारी रहेको छु आज मेरो सारा सपना यौन तृसना को कारणले
गन्त्व्य हिन भएको छ । यौन को जोसको कारण कुवेतमा रहने
नेपाली दिदि बहिनि हरु मेरो जस्तो हालत नबनोस । आफ्ना उदेश्य,
आफ्नो परिवार र पारिवारिक धरातल अनि जिवन साथीलाई कहिल्यै
नविर्सनु होला यो मैले भनेकी होईन मेरो अनुभवले भनेको हो जिवन लामो छ कामुक बनेर यौनप्यासि बन्दैमा जिन्दगिको मजा नहुँदो रहेछ समयमै होस पुर्यउनु होला ।
यती मेरो जिबनमा घटेको बर्णन गर्दै बिदा हुन्छु । यो सत्यघटनामा आधारित छ
No comments:
Post a Comment