Total Pageviews

Tuesday, April 2, 2013

मदिराको माद



  • मदिराको लत बसाउन सजिलो छाड्न गाह्रो

मदिरा, रक्सी, जाँड, छ्याङ वा बियर, हि्वस्की, रम, भोड्का आखिर जे भने पनि इथानोल अर्थात् इथाइल अल्कोहल हो। हाम्रो समाजमा मदिरा सेवन कुनै नयाँ कुरा होइन। अझ घरेलु मदिराको प्रयोग त निकै बढी छ। स्वास्थ्यका दृष्टिकोणले घरेलु मदिरा अझ खतरनाक मानिन्छ।

घरेलु मदिरामा एकातिर इथानोलको मात्रा कति छ भन्ने मापन भएको हँुदैन भने अर्कातिर यस्ता मदिरामा हानिकारक अन्य पदार्थ छैन भन्ने आधार पनि हँुदैन। कुनै पनि मदिराको असर इथानोलको मात्रा, व्यक्तिको शारीरकि तथा मानसिक अवस्था र सेवन अवधिले निर्धारण गर्छ।

पछिल्लो अवधारणा अनुसार पुरुषले सातामा २१ युनिट र महिलाले १४ युनिटभन्दा बढी इथानोल सेवन गर्नु हितकर मानिन्न। यो दृष्टिले सातामा एउटा स्वस्थ पुरुषले ५ सय २५ मिलिलिटर बियर वा ५२ मिलिलिटर हि्वस्की वा भोड्कासम्म पिउन सक्छ। त्यति नै मात्रामा पिएको मदिराले पाचन प्रणाली र कलेजोमा असर गर्दैन भन्न सकिँदैन।

मदिरा सेवनको सामाजिक, आर्थिक तथा मानसिक असर त छन् नै, शारीरकि असर पनि उत्तिकै छन्। मदिराले मस्तिष्कका 'गाबा' नामक न्युरोट्रान्समिटरको रसिेप्टरमा असर गर्छ। त्यसैले लामो समयदेखि मदिरापान गर्ने मानिसमा यसको लत बसेको हुन्छ। 

यसले स्मरणशक्ति कमजोर गर्ने, निद्रामा अवरोध गर्ने, कार्य संयोजन तथा निर्णय गर्न अप्ठ्यारो हुने, हातखुट्टा दुखाउनेजस्ता समस्यादेखि लिएर मूर्छा पर्ने र दिमागमा दीर्घकालीन असर पनि गर्छ। मदिरा सेवनले मानसिक सन्तुलनमा पनि समस्या देखापर्छ। अत्यधिक मदिरापान गर्नेमध्ये ४० प्रतिशत मानिस चिन्तित या दुःखी देखिन्छन् भने १० देखि ३० प्रतिशत मानिस उत्तेजित हुन्छन्। 

मदिरा सेवनले खाना नली तथा पेटको भित्री तहमा जलन हुने तथा सुन्निने, ग्यास्ट्राइटिस तथा अल्सर गर्ने, रक्तस्राव हुनेे तथा फुट्ने पनि हुन सक्छ। यसले पेटको क्यान्सर पनि गराउन सक्छ। यस्तै प्यानक्रियाजको संक्रमण गराउन सक्छ। जुन अति खतरनाक हुन्छ र कतिपय अवस्थामा मृत्युको कारण पनि बन्न सक्छ। 

यसको प्रमुख असर कलेजोमा हुन्छ। इथानोल तथा एसिटलडिहाइडले कलेजोका कोषलाई मार्ने, ती कोषमा पानी, प्रोटिन र अक्सिजनको कमी हुने तथा कलेजोमा बोसोको मात्रा बढाउने हुन्छ। अन्त्यमा यसले कलेजोलाई कामै नलाग्ने बनाउँछ। कलेजो बिगि्रसकेपछि पेटमा पानी भरनिे तथा जन्डिस हुने हुन्छ। यस अवस्थामा पुगिसकेको कलेजोलाई पूर्णरूपले उपचार गर्न सकिँदैन।

मदिरा सेवनले महत्त्वपूर्ण अंग मुटुमा पनि असर गर्छ। यसले मुटुको आकार ठूलो बनाउने, उच्च रक्तचापको समस्या ल्याउने तथा रगतमा बोसोको मात्रा बढाउने हुन्छ। थोरै अर्थात् रगतमा इथानोलको मात्रा एक सय मिलिग्राम प्रतिशतभन्दा कम भएको अवस्थासम्म यौनशक्ति बढ्ने भनिए तापनि यसको नियमित प्रयोगले अण्डकोष सुक्ने, वीर्यको मात्रा घट्ने, यौनचाहना र शक्तिमा ह्रास आउने हुन्छ। 

महिलाहरूमा मदिरा सेवनले महिनावारीमा समस्या आउने, गर्भ नरहने तथा गर्भ तुहिने हुन सक्छ। त्यस्तै मदिरा सेवनले हड्डीहरू कमजोर हुने, भिटामिन र खनिज पर्दाथको कमी गराउने हुन्छ। शारीरकि सन्तुलनमा कमी आएर लड्ने, चोट-घाउ लाग्ने, दुर्घटना हुने मदिरा सेवनबाट निम्तिने थप समस्या हुन्।

एकैपटकको मदिरा सेवनले पनि मानिसको ज्यान जान सक्छ। रगतमा इथानोलको मात्रा शून्य दशमलव शून्य तीन -०.०३) पुग्नेबित्तिकै असर देखिन थाल्छ। त्यस अवस्थामा बढी बोल्ने, आनन्दित महसुस गर्ने हुन्छ। रगतमा इथानोलको मात्रा बढ्दै जाँदा बढी अनुभवी भएको देखाउने, आफ्ना कुरामा तर्क पेस गर्ने हुन्छ। यसको मात्रा शून्य दशमलव दुईभन्दा बढी भएमा सचेततामा कमी आउने, गरेका कामको स्मरण नरहने, पिसाब गरेको थाहा नपाउनेजस्ता लक्षण देखिन सक्छ। रगतमा इथानोलको मात्रा शून्य दशमलव तीनभन्दा बढी भएमा बेहोस हुने तथा शून्य दशमलव पाँचभन्दा बढी भएमा ज्यानै जाने सम्भावना रहन्छ। 

कति मदिरा सेवन गरेमा मानिसको ज्यान जान सक्छ भन्नेमा एकरूपता पाइँदैन। कम शारीरकि वजन भएको मानिसले थोरै समयभित्र जति मात्रामा मदिरा खाएर बेहोस हुने वा मृत्यु हुने हुन्छ, त्यति नै मात्राले बढी वजन भएको मानिस वा बढी समय लगाएर सेवन गरेको अवस्थामा घातक नहुन पनि सक्छ। सामान्यतया ५५ केजी तौल भएको व्यक्तिले एक घन्टाभित्र ४० प्रतिशत इथानोल भएको मदिरा १० प्याक -४ सय ४० मिलिलिटर)भन्दा बढी सेवन गरेमा मृत्यु हुन सक्छ।   

मदिराको लत बसाउन जति सजिलो छ, छाड्न त्यति नै गाह्रो। मदिराको लत छुटाउन आत्मविश्वास र अठोट सँगसँगै मनोचिकित्सकको परामर्शसमेत आवश्यक हुन सक्छ। ध

No comments:

Post a Comment