जाजरकोट, जबरजस्ती करणी
मुद्दाका प्रतिवादीसँग पीडित महिलाले बिहे गरेकी छन् । मजकोट ६ की महिलाले
आफ्नै प्रतिवादीसँग विवाह गरेकी हुन् ।
साता जबरजस्ती करणी
उजुरी दर्ता गरेकी थिइन् । उजुरीमा गाउँको भतिजा नाता पर्ने लालबहादुरले गत
असार १३ गते साँझ अबेर बास मागेर बलात्कार गरेको उल्लेख छ । 'घरमा
केटाकेटी र दिदीका कान नसुन्ने ससुरा थिए । भतिजो नाता पर्ने भएकाले
बिनासंकोच एउटै कोठामा सुत्दा राति मुख थुनेर जबरजस्ती गर्यो', उनले
उजुरीमा भनेकी छन् ।
प्रहरीले फरार शाहीलाई
पक्राउ पुर्जी जारी गरेको थियो । तर, गत साता फरार शाही र पीडित महिला
विवाह दर्ता तथा नागरिकता प्रमाणपत्रसहित अदालतमा उपस्थित भएका हुन् ।
औपचारिक विवाहको जानकारी दिन र मुद्दा फिर्ता लिन आएको शाहीले बताए ।
'विवाह गरिसकेपछि केको कारबाही ?', उनले भने । जिल्ला न्यायाधीश
मेदिनीप्रसाद पौडेलले शाहीलाई बकपत्रका लागि कानुनी प्रक्रियाअनुरूप
प्रहरीमार्फत आउन निर्देशन गरे ।
अर्को दिन प्रहरीमार्फत
आएका शाहीले अदालतमा गरेको बयानमा करकाप नभई विवाह गर्ने उद्देश्यले
खुसीराजीसाथ यौनसम्पर्क गरेको स्विकारेका छन् । यता, विवाह गर्न नमानेपछि
बलात्कार उजुरी दिएको महिलाले बयानमा उल्लेख गरेकी छन् । बकपत्रपछि शाहीलाई
न्यायाधीश पौडेलको थुनछेक आदेशले पुर्पक्षका लागि जिल्ला कारागारमा चलान
गरिएको स्रेस्तेदार अधिकृत खिमबहादुर कार्कीले बताए । 'कैद सजायबाट बच्न
विवाह गरिएको उल्लेख गर्दै स्रेस्तेदार कार्कीले भने, 'स्थानीयस्तरको दबाब र
प्रलोभनका कारण अपराध लुकाउने चालजस्तो देखिन्छ ।'

No comments:
Post a Comment