Total Pageviews

Monday, April 1, 2013

हजार भुटानी शरणार्थी क्यानडा लगिने

पूर्वी नेपालका थप हजार भुटानी शरणाथी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत क्यानडा जाने भएका छन्। क्यानडाका नागरिक तथा अध्यागमन मन्त्री जासन केन्नीले बुधबार आगामी दुई वर्षभित्र थप हजार भुटानी शरणार्थी नेपालबाट लैजाने घोषणा गरे। 
'शरणार्थीलाई सहयोग गर्ने क्यानडाको पुरानो परम्परा हो। विश्वका प्रत्येक १० शरणार्थीमध्ये एकलाई हामीले पुनर्वास गराउँदै आएका छौं,' क्यानडाको नागरिक तथा अध्यागमन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ, 'क्यानडा आइसकेका शरणार्थीसँग परिवारको मिलाउन गराउनु हाम्रो उद्देश्य हो।' 
तीन दशकदेखि भुटानी शरणार्थी पूर्वी नेपालका विभिन्न सात शिविरमा बस्दै आएका छन्। स्वदेश फर्कन नपाएका शरणार्थीलाई अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, अमेरिका, बेलायत र क्यानडाले तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत लगिरहेका छन्। 
क्यानडाले सन् २००७ मेमा पाँच वर्षभित्र पाँच हजार भुटानी शरणार्थी लैजाने घोषणा गरेको थियो। सन् २०१२ जुनसम्ममा पाँच हजार शरणार्थी क्यानडाले भिœयाएको थियो। 
पूर्वी नेपालका एक लाख आठ हजार भुटानी शरणार्थीमध्ये ७५ हजार तेस्रो देश पुनर्वास कार्यक्रमअर्न्तगत विभिन्न देश पुगिसकेका छन्। अमेरिकाले मात्र ६३ हजारभन्दा बढी शरणार्थीलाई पुनर्वास गराएको छ। पूर्वी नेपालमा बाँकी रहेका ४१ हजार शरणार्थीमध्ये ३१ हजार तीन सयले तेस्रो देश पुनर्वास रोजिसकेका छन्। 

No comments:

Post a Comment