अजित तिवारी, विराटनगर, चैत २० - घरेलु कामदारको रुपमा एक साताअघि सीमावर्ती भारतीय सहर अररियामा काम गर्न गएका एकजना नेपाली किशोरको ‘रहस्यमय' मृत्युपछि मोरङको पूर्वी गाविस सोराभाग तनावग्रस्त बनेको छ। मोरङको सोराभाग-८ बेतौना बस्ने कोडा सुरेनका १५ वर्षीय छोरा चुन्डो सुरेन एक साताअघि भारत अररियाको रामजी गुप्ताको घरमा काम गर्न गएका थिए।
बीआर१०पी १३२७ नम्बरको गाडीमा चुन्डोको मृत शरिरसहित १० हजार भारतीय रुपैयाँ लिएर आज सुरेनको घर आएका गाडी चालक विनयकुमारलाई प्रहरीले पक्राउ गरेको छ।
‘म यहाँ बस्दिनँ, घर फर्किन्छु' भनेर चुन्डोले सोमबार आमालाई फोन गरेर भनेका थिए। सुरेन परिवारलाई छोराको बारे केही जानकारी नदिई एकैपल्ट मृत शरीर ल्याएकोमा आश्चर्य मानेका छन्। यातना दिएर छोराको हत्या गरेको आरोप लगाउँदै बेतौनावासीले सडकमै मृत शरिर राखेर विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले सडकमै टायर बालेर विरोध प्रदर्शनमा उत्रँदा उक्त क्षेत्रको यातायात साधन अवरुद्ध भएको छ।
admin

No comments:
Post a Comment