Total Pageviews

Tuesday, April 2, 2013

कुमार प्रधान भोजपुर आइडल

कटुञ्जे युवा क्लब, धोद्लेखानीले आयोजना गरेको प्रथम भोजपुर आइडलको उपाधि भोजपुरको पश्चिमी सिद्धेश्वर गाविसका कुमार प्रधानले  जितेका छन्। शनिबार जिल्लाको दक्षिणी घोरेटारमा सम्पन्न प्रथम भोजपुर आइडलको अन्तिम चरणको प्रतिस्पर्धामा १६ जना प्रतिस्पर्धीलाई  पछाडि पार्दै प्रधानले उपाधिमा कब्जा जमाएका हुन्। प्रतियोगिताबाट भोजपुर देवानटार गाविसका नवीन राई दोस्रो तथा छिनामखुका राकेश  राई क्रमशः दोस्रो र तेस्रो भएका छन्। त्यसैगरी क्लबको आयोजनामा भएको पुर्वाञ्चल स्तरीय नृत्य प्रतियोगितामा धरानका सिर्जना राई प्रथम  भएकी छिन् भने धरानकै अवि राई तथा भोजपुरका रुविना तामाङ क्रमशः दोस्रो र तेस्रो भएका छन्। यो प्रतियोगिता गएको असोजमा प्रारम्भ  भएको थियो।

No comments:

Post a Comment