Total Pageviews

Tuesday, April 2, 2013

ध्रुवे हात्ती र बाबुराम

एकताका सहरमा ध्रुवे हात्ती र बाबुराम भट्टराईको एकसाथ चर्चा-परिचर्चा हुन्थ्यो। दुवैको आतंकलाई लिएर खुबै उडाइन्थ्यो पनि। सुनिन्छ, ध्रुवे हात्तीलाई गोली हानेर गुपचुप खाडलमा पुरिसकियो। बाबुराम पनि सिंहदरबारको कुर्सी खिलराज रेग्मीलाई बुझाएर घरमै आराम गरिरहेका छन्। 

ध्रुवे हात्तीको कमजोरी हो, पोथी र जाँड। त्यसको बास्ना आउने इलाकामा उसले उपद्रो मच्चाइहाल्थ्यो। बाबुरामका पनि कमजोरी रहेछन्, पार्टी र पत्नी। पार्टीका लागि उनले हुने/नहुने सबै काम गरे। पत्नीका सय खत माफ गरिदिए। अहिले ध्रुवेको पनि चर्चा छैन। बाबुरामको पनि चर्चा छैन। बाबुराम बिनाचर्चा कसरी बस्न सकेका होलान् ! 

- राजकुमार बानियाँ

No comments:

Post a Comment