Total Pageviews

Monday, April 1, 2013

फ्रान्सेली सैनिकको गोलीले अफ्रिकामा एक नेपालीको मृत्यु


काठमाडौँ, चैत १६ (नागरिक) - मध्य अफ्रिकी गणतन्त्रमा फ्रान्सेली सैनिकको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ। फ्रान्सेली रक्षा मन्त्रालयलाई उद्‍धृत गर्दै एएफपीले जनाए अनुसार 'कू'पछि विमानस्थल सुरक्षामा रहेका फ्रान्सेली सैनिकको गोलीबाट एक नेपाली र एक भारतीय नागरिकको मृत्यु भएको हो। यसअघि पेरिसले सोमबार भएको गोली प्रहारमा दुई भारतीय नागरिक मरेको बताएको थियो
आफूतिर हुँइकिँदै आएको कारमा गोली हान्दा उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ। फ्रान्सेली सेनाका प्रवक्ताका अनुसार चार चाडका प्रहरीसहित एक दर्जन घाइते भएका छन्।
मध्य अफ्रिकी गणतन्त्रमा फ्रान्सेली नागरिकको सुरक्षा गर्ने भन्दै करिब ५५० फ्रान्सेली सैनिक तैनाथ छन्।
फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस होल्यान्डेले भारतलाई भारतीय नागरिकको मृत्युमा दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्ने आश्वासन दिएको खबर एएफपीले दिए पनि नेपाललाई त्यस्तो कुटनीतिक औपचारिकता पुर्‍याए/नपुर्‍याएको खबर दिइएको छैन।
मारिने नेपालीको परिचय खुलेको छैन।

No comments:

Post a Comment