Total Pageviews

Monday, April 1, 2013

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी


ट्युनिस, चैत १५ (एजेन्सी) - मेरो शरीरमा मेरै अधिकार नारा पोती फेसबुकमा नाङ्गै फोटो पोस्ट गर्ने १९ वर्षकी ट्युनिसियाली युवती अमिना टाइलरलाई ढुंगा हानी हानी मार्नुपर्ने आहवान एक मुस्लिम धर्मगुरुले गरेका छन्।
त्यसको विरोधमा युक्रेनको महिला अधिकारवादी समूहले ट्युनिसियामा नाङ्गो क्रान्ति (टपलेस रेभोल्युसन) को आह्वान गरेको छ। चैत २२ गते यस्तो प्रदर्शन गर्ने तयारी फिमेन नामको यो समूहको छ।
यो समूहले यसअघि पनि नाङ्गो प्रदर्शन गर्दै आएको छ।
फोटो राखिएको केही समयपछि उनलाई उनका आफन्तहरुले मानसिक अस्पताल पुर्‍याएका थिए। ट्युनिसियाली मिडियाका अनुसार कानुन उल्लङ्घन गरेको ठहर भए उनलाई दुई वर्षसम्मको जेल सजाय हुनसक्छ।

No comments:

Post a Comment