उजिर मगर,काठमाडौं, चैत १९ - एकिकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको कारबाही फुकुवा गरेको छ । आज बसेको एमाओवादीको पदाधिकारी बैठकले केही समयअघि निलम्वनमा परेका प्रकाशलाई कारबाहीको फुकुवा गरेको हो । बैठकले प्रकाशलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको छ । विद्यार्थी नेत्री विना मगरसँग तेस्रो विवाह गरेपछि माओवादीले राज्य समिति सदस्य रहेका दाहाललाई निलम्बन गरेको थियो ।
यसैगरी बैठकले असारमै चुनाव गर्ने वातावरण बनाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले असारमै चुनाव गर्ने वातावरण बनाउने निर्णय गरेको छ ।
यसैगरी चुनावको लागि केन्द्रीय समितिलाई जनपरिचालन व्यवस्थित गर्ने जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ ।- नागरिक
No comments:
Post a Comment